हिन्दू बाहुल्य देश नेपालमा हिन्दूमाथि नै खतरा

काठमाडौं, ३१ चैत्र । नेपाल विश्वको सबैभन्दा बढी प्रतिशत हिन्दु भएको देश हो । नेपालको पछिल्लो जनगणना अनुसार हिन्दूको जनसंख्या ८१ प्रतिशतभन्दा बढी छ । हिन्दूसहित सनातनी धर्मालम्बीको जनसंख्या ९३ प्रतिशतभन्दा बढी छ । तर, हिन्दूमाथि नै खतरा बढिरहेको छ ।
पछिल्लो समय तराईका विभिन्न जिल्लामा हिन्दूको धार्मिक गतिविधिमा आक्रमण र अवरोध हुन थालेको छ । शनिबार वीरगञ्जमा हनुमानजयन्तीको शोभायात्रामा मस्जिदबाट ढुंगामुढा भयो । हिन्दूमाथि आक्रमण भएपछि प्रतिकारमा स्थिति तनावग्रस्त भयो । पर्सा जिल्ला प्रशासन कार्यालयले कफर्यु आदेश नै जारी गर्यो ।
वीरगञ्जमा मात्र होइन विगतमा सरस्वती पूजालगायत हिन्दूका गतिविधिमा एकपछि अर्को आक्रमण भएको छ । हिन्दूमाथि ढुंगामुढाका गतिविधि विभिन्न जिल्लामा बढ्न थालेको छ ।
पछिल्लो तथ्यांक अनुसार भारतसँगको मुख्य सीमानाकाहरुमा मुस्लिम जनसंख्या ह्वात्तै बढेको छ । उदाहरणका लागि कोइलावासमा ३० वर्षअघि अल्पसंख्यक थिए मुसलमान । पछिल्लो समय उनीहरुको भारी बहुमत बनिसकेको छ ।
वीरगञ्जसँगको मुख्य नाका रहेको छपकैयामा पनि मुसलमान बाहुल्य संख्या बनिसकेको छ । विराटनगर, नेपालगञ्ज, कपिलवस्तु, दाङलगायत जिल्लाका भारतसँगको मुख्य नाकामा मुसलमान बाहुल्य छ । हिन्दूहरु विस्तारै विस्थापित हुन वाध्य भएका छन् ।
देशमा धर्मनीरपेक्ष घोषणा गरेपछि मुस्लिम आयोग बनाइएको छ । देश धर्मनीरपेक्ष भन्ने तर कुनै धर्मालम्बीलाई विशेष मानेर आयोग नै गठन गर्ने अस्वाभाविक कदम भएको छ । यस्ता आयोग देशमा गैरकानूनी आप्रवासीको संरक्षणमा समेत लागेको पुष्टि हुँदै गएको छ । यसरी हिन्दूमाथि हिन्दू बाहुल्य देशमा खतरा बढेको छ ।