२९ चैत्र २०८१, शनिबार | April 12, 2025

आमाको माया छात्रावासको १५औं वार्षिकोत्वसमा ‘श्रीराम’ विशेष अतिथि


1.2k
Shares

काठमाडौं, ३० चैत्र । आमाको माया छात्रावासको १५औं वार्षिकोत्सव भएको छ । शनिबार राजधानीमा जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित छात्रावासको वार्षिकोत्वसको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र धारावाहिक रामायणका श्रीराम अरुण गोविलले संयुक्त रुपमा दीप प्रज्ववलन गरी उद्घाटन गरेका हुन् ।

कार्यक्रममा छात्रावासका लागि सहयोग जुटाइएको थियो । स्वधर्मको रक्षा र देशका लागि योग्य शक्ति निर्माणका लागि छात्रावासले महत्वपूर्ण भूमिका निभाउँदै आएको छ ।

कार्यक्रममा मन्त्री चौधरीले आमाको माया छात्रावासको योगदानको प्रशंशा गरे । श्रीरामका रुपमा परिचित अरुण गोविलले नेपालमा धर्म संस्कृतिका लागि भइरहेको कार्यमा खुशी व्यक्त गरे ।
छात्रावासमा हाल ३५० विद्यार्थी रहेकोमा आउँदो वर्षबाट ५०० पुर्याइने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया