२९ चैत्र २०८१, शनिबार | April 13, 2025

राजनीतिक खिचातानीले दशौं राष्ट्रिय खेलकुद स्थगित


498
Shares

काठमाडौं, २९ चैत्र । देशमा खेलकुदमा चरम राजनीतिकरणले राष्ट्रिय खेलकुद प्रतियोगिता नै स्थगित भएको छ । दुई पटक मिति सारिएको प्रतियोगिता स्थगित गरेपछि खेलाडी र कोचहरु असन्तुष्ट बनेका छन् ।

जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने पछिल्लो निर्णयबाट सरकार पछि हटेको छ । प्रतियोगिताबारे निर्णयगर्न शुक्रबार राष्ट्रिय खेलकुद परिषद् को बोर्ड बैठक बोलाइएकोमा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने बताएका थिए ।

प्रतियोगिता तयारीका लागि भन्दै ११ वटा उपसमिति गठन गरियो । यसमा पनि राजनीति चलेको थियो ।

विभिन्न खेल संघको साटो तदर्थ समिति गठन गरियो । राष्ट्रिय खेलकुद परिषद् काँग्रेस, एमाले र माओवादीका कार्यकर्ताले भरिएको छ । उनीहरुबीच नै रस्साकस्सी छ । माओवादीबाट राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य बनेकाहरुले नोट अफ डिसेन्ट लेखेर जेठमै हुनुपर्ने अडान राखेका छन् । जसमा प्रकाश कुमार कुसारी, दिपेन्द्र बिष्ट, अन्जन धमला, अन्जना श्रेष्ठ र विना नवादे श्रेष्ठ छन् ।

राष्ट्रिय खेल आयोजनाका लागि सरकारले ६० करोड बजेट विनियोजन गरेको छ । कर्णालीमा खेलस्थल बनाउन २ अर्बभन्दा बढी खर्च भइरहेको छ । तर, खेल दुईपटक सारेर सरकार आलोचित भइसकेको अवस्थामा तेस्रोपटकमा स्थगित नै गरिएको छ ।

प्रतिक्रिया