रामायणका श्री राम नेपालमा, प्रधानन्यायाधीश राउतसँगको तस्बिर गरे सार्वजनिक

काठमाडौं, २९ चैत्र । धारावाहिक रामायणमा श्रीरामको भूमिका निभाएका अरुण गोविल नेपाल आएका छन् । उनी आमाको माया छात्रावासको आयोजनामा शनिबार हुने १५औं वार्षिकोत्वसको विशेष कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन शुक्रबार आएका हुन् ।
मुम्बईबाट काठमाडौं आउँदै गर्दा गोविलको भेट विमानस्थलमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भयो । गोविलले राउतसँग कुराकानी भएको समेत उल्लेख गर्दै तस्बिर सार्वजनिक गरेका छन् । राउतको साथमा न्यायाधीश हरिप्रसाद फुयाँल पनि थिए ।
अरुण गोविल भारतमा मात्र नभई विश्वभरका हिन्दूहरु माझ लोकप्रीय छन् । उनी श्रीरामको भूमिका निभाएपछि कालजयी कलाकार बन्न सफल भए ।