५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

बारको चुनावमा कस्ले कति मत ल्याए (सूचीसहित)


1.6k
Shares

काठमाडौं, २८ चैत्र । नेपाल बार एशोशिएसनको चुनावमा डा. विजयप्रसाद मिश्रको प्यानलनै विजयी भएका छन् । उनले रमन कुमार श्रेष्ठलाई झण्डै दोब्बर मतान्तरले पराजित गरेर अध्यक्षमा जित हासिल गरेका हुन् ।

मिश्रले ५०५२ मत ल्याउँदा श्रेष्ठले २६२१ मत ल्याए । मिश्र काँग्रेस, एमाले र राप्रपा समर्थित वकिलहरुको साझा उम्मेदवार थिए । श्रेष्ठ माओवादी र नेकपा एसनिकट वकिलका साझा उम्मेदवार थिए ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार आशिष पौडेल भए । उनले ५४ मत ल्याए । पौडेल त्रिभुवन विश्वविद्यालयको भौतिशास्त्रको स्नातकोत्तर अध्ययन गरिरहँदा प्रश्नपत्रको मुद्दा दायर गरी कानूनी लडाईँ लड्दा लड्दै कानून व्यवसायी बनेका हुन् ।

नेमकिपा निकट कानूनी व्यवसायी राजु कैतीले ४८ मत ल्याए । राजावादीका रुपमा चिनिएका उज्वल घिमिरेले ४५ मत प्राप्त गरे ।

प्रतिक्रिया