रेमिट्यान्स बर्सिंदा पनि बजारमा पैसाको खडेरी

काठमाडौं, २८ चैत्र । देशमा रेमिट्यान्स बर्सिइरहेको छ । हरेक महिना डेढ खर्ब रेमिट्यान्स भित्रन थालेको छ । यसको अर्थ दैनिक पाँच अर्ब रकम देशमा भिइरहेको छ वैदिशक रोजगारीमा जानेबाट । प्रतिघन्टा २० करोडका दरले देशमा रेमिट्यान्स बर्सिइरहेको छ ।
रोचक त यो छ कि देशमा यति धेरै रेमिट्यान्स भित्रँदा पनि बजारमा खडेरी छ । बैंकहरुबाट लगानीकर्ता ऋण लिन तयार छैनन् । नयाँ लगानीकर्ता निरुत्साहित छन् ।
फागुनमा मात्र १ खर्ब ५१ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकमा २५ खर्बभन्दा बढी विदेशी मुद्रा थुप्रिएको छ । बजारमा रकम नफिजारिंदा अर्थतन्त्रमा संकट उत्पन्न भएको छ ।