२ बैशाख २०८२, मंगलबार | April 15, 2025

प्रधानमन्त्री ओलीसँग भारतका मन्त्री चौहानको भेटवार्ता


498
Shares

काठमाडौं, २७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानको भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा भएको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका बारे छलफल भएको छ ।

कषिका विभिन्न क्षेत्रमा दुई देशबीच सहयोगलाई थप सुदृढ पार्ने तरिकाबारे पनि छलफल भएको जनाइएको छ ।

बिमस्टेक देशका कृषिमन्त्रीहरुको बैठकमा सहभागी हुन चौहान काठमाडौं आएका हुन् । उनले कृषिमन्त्री रामनाथ अधिकारीसँग पनि भेटवार्ता गरेका छन् । दुवै मन्त्रीहरुले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समिक्षा गरेको जनाइएको छ । भारत र नेपालबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीमा हस्ताक्षर समेत भएको छ ।

प्रतिक्रिया