को बन्ला गर्भनर ?

काठमाडौं, २५ चैत्र । नेपाल राष्ट्र बैंकमा गर्भनर पद रिक्त छ । शुक्रबारबाट महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नयाँ गर्भनरको दौडधूप तिव्र छ ।
सत्तारुढ काँग्रेस र एमाले दुवै आफ्नो पक्षकालाई गभर्नर बनाउने प्रयासमा छन् । विश्वस्त स्रोतका अनुसार गभर्नर काँग्रेसको भागमा परेको छ । यसकारण गर्भनर काँग्रेस सभापति शेरबहादुर देउवाले चाहेको व्यक्ति नै बन्न सक्छन् ।
गभर्नर छनोट समितिले सिफारिश गर्ने नामहरुमा अड्कलवाजी भएका छन् । जसमा ज्ञानेन्द्र ढुंगाना, प्रकाश श्रेष्ठ, राजेन्द्र क्षेत्री, रवीन्द्र पाण्डे, निलम ढुंगाना रहेका छने । यी पाँचमध्येबाट तीनजनाको नाम सिफारिश हुने निश्चितप्रायः छ ।
गभर्नर बन्न मुख्यगरी ज्ञानेन्द्र ढुंगाना र निलम ढुंगानाबीच कडा प्रतिष्पर्धा छ । यी दुईमा सहमति नभए प्रकाश श्रेष्ठले बाजी मार्ने अवस्था पनि बन्न सक्छ ।