२३ चैत्र २०८१, आइतबार | April 7, 2025

विरोधी सक्याउन ओली-देउवा गठजोड


581
Shares

काठमाडौं, २४ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदीयमान शक्तिहरुलाई साझा शत्रु देखेका छन् । छिन्नभिन्न अवस्थामा रहेका त्यस्ता शक्तिहरु मिलेमा एमाले र काँग्रेस दुवैलाई आगामी चुनावमा धक्का लाग्न सक्छ । जनअसन्तुष्टि व्याप्त रहेकाले यसलाई सामना गर्न कठिन छ दुवै दललाई । त्यसैले उनीहरु विरोधी शक्तिलाई मिल्न नदिन र बोल्न नदिने रणनीतिमा लागेका छन् ।

एमाले र काँग्रेसमात्र नभई माओवादी पनि उदीयमान शक्तिसँग त्रस्त छ । त्यसैले माओवादीले पनि एमाले र काँग्रेसलाई विरोधी दबाउने रणनीतिमा साथ दिइआएको छ ।

राजावादीको आन्दोलन दबाउन सत्तामा रहेका एमाले र काँग्रेस मरिमेटेर लागे । सँगै माओवादी र नेकपा एस पनि सक्रिय थिए ।

अहिले ओली र देउवाको गठजोडका पछाडि रवि लामिछानेलगायत नयाँ शक्ति दबाउनका लागि पनि देखिएको छ । लामिछानेलाई अदालतको आदेशपछि पक्राउ गरिएको छ । तर, जुन तरिकाले रातारात पक्राऊ गरियो त्यसले तरंग नै ल्याएको छ । आदेश आएको केहीबेरमै रवि घरबाट पक्राउ गरिएका थिए ।

रविले मुख खोल्नेवित्तिकै पक्राउ परे । अर्कोतर्फ, दुर्गा प्रसाईँ खोजीमा छन् सत्ताको । राजावादी आन्दोलनमा लागेका धबल शमशेर राणा र रवीन्द्र मिश्र पनि पक्राउ परेका छन् । विरोधीलाई दमन गर्ने रणनीतिमा ओली र देउवा लागेको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया