सेनाको स्टाफ कलेजमा राष्ट्रिय सुरक्षा तालिम

काठमाडौं, १९ चैत्र । नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम भएको छ । रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्य र प्रधानसेनापति अशोकराज सिग्देलको आतिथ्यमा मंगलबार तालिम समापन गरिएको छ ।
तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकायर विश्वविद्यालय, सञ्चार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागबातट गरी २९ जना सहभागी भएका थिए ।
तालिम समापनमा रक्षामन्त्री मानवीर राईले नेपालको संविधानले निर्देशित गरेको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै बहु जाती, धर्म, भाषा, संस्कृति र सम्प्रदायहरुमा पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गर्दै राष्ट्रिय ुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता औल्याए ।
प्रधानसेनापति अशोक राज सिग्देलले तालिमले राष्ट्रिय सुरक्षाको क्षेत्रमा विभिन्न निकायहरु बीच सहकार्य र समन्वय भई एकीकृत प्रयासमा साझा धारणा निर्माण हुने बताउँदै सुरक्षा नीतिहरुको सफल कार्यान्वयन गर्न गराउन महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।