१९ चैत्र २०८१, बुधबार | April 3, 2025

राप्रपा वरिष्ठ नेता दिपक बोहराको शव भैरहवामा, अन्त्येष्टि बुधबार पशुपति ल्याएर गरिने


1.1k
Shares

काठमाडौं, १९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहराको शव भैरहवा लगिएको छ । उनको गृहजिल्ला रुपन्देहीको भैरहवा लगेर बुधबार काठमाडौं ल्याइने राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो २ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने तय भएको छ । त्यसपछि साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

प्रतिनिधि सभा सांसद समेत रहेका बोहराको आज निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । रुपन्देहीका प्रभावशाली नेता बोहरा पञ्चायतकालबाट नै राजनीतिमा सक्रिय थिए । बहुदल आएपछि पनि पटक पटक चुनाव जिते ।

प्रतिक्रिया