१९ चैत्र २०८१, बुधबार | April 2, 2025

गोदावरी खोलामा अवैध पानी निकाल्ने ट्यांकर आतंक रोकिएन


498
Shares

ललितपुर, १९ चैत्र । महालक्ष्मी नगरपालिकाको वडा नं ६ मा गोदावरी खोलाबाट अवैध तरिकाले पानी तान्ने र विक्री गर्ने समूहका सामु सिंगो नगरपालिका नै निरिह सावित भएको छ । नेपाली पेनले पटक पटक खोलाबाट सिधै पानी निकालेर विक्री गरेको तथ्य प्रमाण प्रकाशित गर्दा पनि नगरपालिकाले आँखा चिम्लिएर बसेको छ ।

नगरपालिकाका सूचना अधिकारी इन्द्र प्रसाद पौडेल कर लिएर व्यवस्थापन गरिने बताउँछन् । तर, अवैध तरिकाले पानी तानिएकोबारे कारबाही गर्नेतर्फ कुनै कदम चाल्ने पक्षमा नगरपालिका देखिदैन । यसकारण पनि पानी माफियासँग नगरपालिका निरिह देखिएको छ ।

वडा नं ६ का वडाध्यक्ष धर्म महर्जन आफूले पानी बेचेकोमा विगतमा विरोध गरेको दाबी गर्छन् । उनी नवीकरण दिने सिफारिशमा पनि आफ्नो हस्ताक्षर नरहेको भन्छन् । तर, गैरकानूनी पानी बेचेकोमा कारबाही प्रक्रिया बढाउनेबारे कदम चाल्ने कुरै गर्दैनन् ।

ट्यांकर आतंकले सिद्धिपुरबाट विष्णुडोल जाने सडकखण्ड बिग्रिइरहेको छ । अहिले चारघरेतर्फ पनि ट्यांकर आतंक छ । बाटो धमाधम जीर्ण बन्दै गएका छन् ।

नेपाली पेनको समाचारले तरंग ल्याएर जनता जाग्न थालेको बुझिएको छ । नगरपालिकामा स्थानीयले विरोध कार्यक्रमको तयारी पनि गरेको बुझिएको छ ।

प्रतिक्रिया