‘जलविद्युतको पीपीएमा ८ अर्बको लेनदेन हुनेवाला’

काठमाडौं, १८ चैत्र । जलविद्युत आयोजनाहरुमा कम्तिमा ४ हजार मेगावाटका जलविद्युतका योजनाहरुको पीपीए गर्ने बेला भएको छ । यसैका लागि नेपाल विद्युत प्राधिकरणमा चलखेल भयो । कुलमान घिसिङलाई बर्खास्त गरियो ।
कुलमानले पनि पीपीएमा लेनदेन गर्दै आएको विषय नउठेको होइन । सेलिब्रिटी बनिसकेका कुलमानले यसो गर्छन् भन्ने कमैलाई विश्वास हुने गरेको छ । तर, यो पनि यथार्थ हो । अर्को यथार्थ नयाँ नियुक्त गरिएका हितेन्द्रदेव शाक्य पनि लेनदेनमा लाग्ने विषय उठिसकेको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले खुलेरै पीपीए गर्ने बेलामा कुलमानलाई हटाएर ८ अर्बसम्मको लेनदेन हुनेवाला भएको बताएका छन् । आइतबार नेकपा एसनिकट खेलकुद महासंघको कार्यक्रममा बोल्दै उनले कुलमानलाई हटाउनुमा ४ हजार मेगावाटसम्मको पीपीएमा लेनदेनको स्वार्थ पनि रहेको बताए ।