काँग्रेसभित्र बलियो बन्दै हिन्दुराष्ट्रको मुद्दा

काठमाडौं, १८ चैत्र । नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा झन् झन् बलियो बन्दै गएको छ । महासमिति भेलामा काँगेसभित्र हिन्दुराष्ट्रको पक्षमा बहुमत देखिइसकेकोमा सभापति शेरबहादुर देउवाले आन्तरिक व्यवस्थापन गरेका थिए । तर, त्यो मुद्दामा पूर्णविराम भने लागेको छैन ।
सोमबार पूर्वमहामन्त्री डा. सशांक कोइरालाले हिन्दुराष्ट्रको पक्षमा बोलेका छन् । आफू उक्त मुद्दाको पक्षमा रहेको स्पष्ट पारे । डा. शेखर कोइराला पनि हिन्दुराष्ट्रको विषयमा बेला बेलामा बोलिरहन्छन् ।
काँग्रेसभित्र शंकर भण्डारीलगायत नेताहरु यो मुद्दालाई उठाउँदै आएका छन् । काँग्रेसले निर्णयमा लिएमा यो मुद्दाको सम्बोधन हुनसक्छ । तर, उसले अझै यसको पक्षमा औपचारिक रुपमा उभिने निर्णय लिएको छैन ।
राजावादीको आन्दोलन हिन्दुराष्ट्रको मुद्दालाई उछिन्नका लागि जस्तो देखिएको विश्लेषण भइरहेको छ । तर, त्यो उनीहरुकै लागि प्रत्युत्पादक भइसकेको छ । काँग्रेसले हिन्दुराष्ट्रको मुद्दा सम्बोधन गर्नुपर्ने माग भित्र र बाहिर उठिरहेको छ । तर, त्यो सजिलो हुने सम्भावना देखिदैन । काँग्रेसमाथि पर्ने जनताको दबाबले पनि काम गर्न सक्छ ।-File Photo