१८ चैत्र २०८१, मंगलबार | April 1, 2025

वर्ष प्रतिपदा उत्सव एवं संघ संस्थापक डा. हेडगेवार जन्मजयन्ती मनाइयो


1.7k
Shares

काठमाडौं, १७ चैत्र । वर्ष प्रतिपदा उत्वस एवं संघ संस्थापक डा. केशवराम बलिराम हेडगेवारको जन्मज्यन्ती विविध कार्यक्रम गरी मनाइएको छ । हिन्दू स्वयंसेवक संघले देशभरका संघ कार्यालयहरुमा उत्सवका साथ मनाएको छ ।

राजधानीको केशवधाममा संघका स्वयंसेवकहरु भेला भएर डा. हेडगेवारको व्यक्तित्व र योगदानको चर्चा भएको छ । हिन्दु समाजलाई एकतावद्ध बनाउन र व्यक्तित्व निर्माणको अभियान चलाउन डा. हेडगेवारको योगदान रहेको थियो ।

विश्वभर हिन्दुहरुको संघ सञ्चालनमा छन् । नेपालमा हिन्दू स्वयंसेवक संघ हिन्दु समाजमा जागरण, एकता र व्यक्ति निर्माणमा सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया