१८ चैत्र २०८१, मंगलबार | April 1, 2025

राणा र मिश्र हिरासतमै, स्वागत नेपाल छुटे


83
Shares

काठमाडौं, १७ चैत्र । राजावादीको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा हिरासतमै रहने भएका छन् । उनीहरुलाई हिंसात्मक घटनामा संलग्न भन्दै प्रहरीले पक्राउ गरेकोमा आइतबार अदालतबाट ५ दिन हिरासतमा राख्ने म्याद थप भएको छ ।

घटनामा पक्राउ परेका अधिवक्ता स्वागत नेपाल भने हिरासतमुक्त भएका छन् ।

राज्यविरुद्धको अपराधमा मिश्र र राणामाथि अनुसन्धान भइरहेको छ । एक पत्रकारसहित २ जनाको मृत्यु भएको घटनामा भौतिक क्षति समेत भएको थियो ।

प्रतिक्रिया