१७ चैत्र २०८१, सोमबार | April 1, 2025

बालेनद्वारा ज्ञानेन्द्र शाहलाई जरिवाना


913
Shares

काठमाडौं, १६ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहलाई एक लाख जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाले चैत्र १५ को तीनकुनेमा आयोजित कार्यक्रममा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै जरिवाना गराएको हो ।

जरिवाना फोहोरमैलाका अलावा तोडफोडको पनि छ । कुल ७ लाख ९३ हजार जरिवानाको पत्र काटिएको छ ।

बालेन साह मेयर रहेको काठमाडौं महानगरपालिकाले प्रदर्शनका क्रममा फोहोर गराउनेलाई यस्तो जरिवाना गराउँदै आएको छ । महानगरपालिकाले तीनकुने क्षेत्रमा भएको क्षतिबारे के कस्तो जरिवाना क कस्लाई गराउँछ प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया