१६ चैत्र २०८१, आइतबार | March 31, 2025

प्राज्ञिक विद्यार्थी परिषदको पाँच प्रस्तावमा शिक्षा विधेयकको संशोधन देखि स्ववियु निर्वाचन सुधारसम्म


1.7k
Shares

काठमाडौं, १४ चैत्र। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो दशौँ राष्ट्रिय अधिवेशनबाट पारित गरिएको अलगअलग पाँचवटा प्रस्तावहरूलाई सार्वजनिक गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी परिषद्ले शैक्षिक, आर्थिक, राष्ट्रिय सुरक्षा, पर्यावरण र स्ववियुमा आवश्यक सुधार सम्बन्धि प्रस्ताव र सुझावहरूलाई सार्वजनिक गरेको हो ।

यही चैत्र २,३ र ४ गते चितवनको भरतपुरमा सम्पन्न दशौँ राष्ट्रिय अधिवेशनले राष्ट्रिय अध्यक्षमा डा।दयाराम भूषाल र महासचिव दिनेश कार्कीलाई निर्वाचित गर्दै ९० सदस्यीय नयाँ केन्द्रीय कार्यकारिणी समिति सर्वसम्मत रूपमा चयन गरिएको महासचिव कार्कीले जानकारी दिए । साथै परिषद्ले हरेक दुई दुई वर्षमा आफ्नो राष्ट्रिय अधिवेशन गर्ने भएकोले आगामी २०८३ चैत्रसम्म नयाँ केन्द्रीय समिति रहने बताए ।

नवनिर्वाचित महासचिव दिनेश कार्कीले राष्ट्रिय सुरक्षा, स्ववलम्बन र सुशासनका लागि चितवनको भरतपुरमा सम्पन्न भएको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण कार्यक्रम विवरणहरू पनि सार्वजनिक गरेका छन् ।
अधिवेशनमा अलगअलग १५ वटा सत्रहरू सञ्चालन गरिएको र उक्त सत्रहरूमा अलग अलग कार्यक्रमहरू, उद्घाटन सत्र, प्रदर्शनी कक्ष उद्घाटन, ध्वजारोहण, समानान्तर सत्रहरू, प्रस्ताव सुझाव प्रस्तुत पारित, प्रदेश अधिवेशन, शोभा यात्रा, खुल्ला अधिवेशन, राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण, महासचिव प्रतिवेदन एवम् निर्वाचन, व्यवस्था परिचाय र सम्मान, केन्द्रीय कार्यकारिणी समिति घोषणा गरि अधिवेशन समापन गरिएको महासचिव कार्कीले पत्रकार सम्मेलन मार्फत पूर्ण विवरण जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले देशको वर्तमान अवस्थालाई मध्येनजर गर्दै राष्ट्रिय सुरक्षा र चुनौतिमा राज्य गम्भीर बन्नु पर्ने आश्यकता रहेकोले विशेषगरी तराईको सिमानामा बढदै गइरहेको सुरक्षा चुनौती, सरणार्थी रोहिङग्या मुसलमानको अवाञ्छित गतिविधि र हिमाली क्षेत्रको चीनको सिमानामा तिव्वती सरणार्थीहरूको शंकास्पद गतिविमा सरकारले गम्भीर रूपमा अनुगमन गर्नु पर्ने विषय माग गरेको छ । साथै शिक्षा विधेयकलाई लिएर वर्तमान समयमा भएको बहस छलफल र शिक्षकहरूको आन्दोलनलाई अवश्यक सम्बोधन गर्दै विभिन्न किसिमका सुधारहरू पाठ्यक्रममा सुधार, शिक्षण पद्धतिमा सुधार।।।।।

साथै परिषद्ले तेस्रो प्रस्तावमा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर र स्ववलम्बन बनाउन रोजगारमुलक तामिल सञ्चालन गर्न, आर्थिक वृद्धि विकास हुने खालका उद्यमशिल कार्यहरू गर्न,स्वदेशी तथा विदेशीहरूका लागि धार्मिक, सांस्कृतिक र जल पर्यटनको विकास गर्न, जलविद्युतको उत्पादनमा वृद्धि, घरेलु उत्पादन र बजारीकरणमा राज्यले आवश्यक सहयोग र उचित वातावरण निर्माण गर्न माग गरेको छ ।
त्यसैगरी पर्यावरण संरक्षणमा संकल्प लिदै मानवस्वास्थ्य र वातावरणमा नकारात्मक असर परेकोले उत्पादन र गुणस्तरमा देखा परेको हास, घट्दो कृषि उत्पादन, जैविक विविधता, तथा परम्परागत रैथाने बिउबिजनको घट्दोपन, घट्दो पानिको सहत, आगालागी, अतिवृष्टि अनावृष्टि जस्ता विषयहरूलाई रोक्न रचनात्मक काम गर्नु पर्ने विषयलाई उठान गरेको छ । साथै सांस्कृतिक र धार्मिक क्षेत्रको पर्यावरण सुरक्षामा पनि विशेष ध्यानदिनु पर्ने विषयलाई केन्दविन्दु राख्दै संकल्प प्रस्तावहरू सार्वजनिक गरेको छ ।

साथै परिषद्का राष्ट्रिय मिडिया संयोजक कृष्णप्रसाद हुमागाईंले विद्यार्थी परिषद्ले व्यक्ति निर्माणको रचनात्मक कार्य गर्ने भएकोले शिक्षा क्षेत्रमामा असल र संस्कारयुक्त वातावरणमा निर्माण गर्न परिषद्ले काम गरिरहेको बताए । उनले स्ववियु निर्वाचनमा राजनीतिक दलको भातृ संगठनहरूले गरेको आराजक र अलोकतान्त्रिक गतिविधिको विरोध गर्दै यस्तो नेतृत्वले भविष्यमा देशको नेतृत्व गर्न नसक्ने बताए । वर्तमानमा समयमा स्ववियु निर्वाचनमा व्यापक सुधार गर्नु पर्ने आवश्यकता रहेकोले त्यस दिशामा काम गर्न विश्वविद्यालयलाई ध्यानाकर्षण पनि गराएका थिए ।

प्राज्ञिक विद्यार्थी परिषद्ले नेपालमा विगत ३० वर्षदेखि समग्र शिक्षा क्षेत्रको सुधार, शिक्षामा संस्कार, असल व्यक्ति निर्माण र दलीय राजनीति मुक्त शिक्षाको परिकल्पनाको साथ काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया