कुलमानको कुर्सीमा हितेन्द्रदेव

काठमाडौं, १२ चैत्र । सोमबार कुलमान घिसिङले महशुल नतिर्ने उद्दोगको लाइन काट्ने पत्र लेखेका थिए । सरकारले हटाउने निर्णय लिने सुइँको पाएर कुलमान पनि आक्रामक बनेका थिए । सोमबारको मन्त्रिपरिषद्ले हटाउने निर्णय लिएको थियो जुन मंगलबार मात्र मुख्यसचिवको हस्ताक्षरपछि औपचारिकता पाउन सफल भयो ।
कुलमानको कुर्सीमा हितेन्द्रदेव शाक्य पुगे । उनलाई नेपाल विद्युत प्राधिकरणका कर्मचारीले स्वागत गरे मंगलबार साँझ ।
सरकारको निर्णयबारे क्रिया प्रतिक्रिया चलिरहेको छ अहिले । सत्तारुढ नेपाली काँग्रेसभित्रै यसको विरोध भएको छ । माओवादी त झन् कडा रुपमा प्रस्तुत भएको छ ।
कुलमान लोकप्रीय बनेकाले पनि विरोध भएको हो सरकारको निर्णयमा । नेकपा एमाले हितेन्द्रदेव शाक्यको नियुक्तिले उत्साही भएको छ । तर, माओवादीले कडा चेतावनी दिएको छ अहिले ।
कुलमान माओवादीसँग नजिक छन् । माओवादीकै चाहना अनुसार उनले दुईपटक कार्यकारी निर्देशकका रुपमा नियुक्ति पाएका थिए ।
अब कुलमान अदालत जाने सम्भावना छ । सम्भवत बुधबार उनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नेछन् । यसबारे के हुन्छ चासो बढेको छ ।