हिन्दुराष्ट्रको मुद्दा कमजोर पार्न खोजिएको हो ?

काठमाडौं, १२ चैत्र । देशमा अहिले गणतन्त्रवादी र राजावादीको द्वन्द्व चर्किदै गइरहेको छ । यो द्वन्द्व सरासर राष्ट्रपति कायम रहने कि राजा फर्कने विषयसँग सम्बन्धित छ ।
देशमा को व्यक्ति के बन्ने र को पदमा पुग्ने नपुग्ने रस्साकस्सी चल्दै आएको छ । विचारको राजनीति सुन्य बनाएको छ यसले । देशको मूल चरित्र हिन्दुत्व विचारलाई कमजोर पार्ने खेलहरु भइआए ।
अहिले पनि गणतन्त्र र राजावादी पक्षधर दुवैका लागि हिन्दुत्व विरोधी विचार रहेको छ । गणतन्त्र पक्षधर त हिन्दु नाम सुन्दै चाहँदैनन् । राजावादीहरुले पहिले राजा अनि मात्र हिन्दुराष्ट्र भनेका छन् । उनीहरु हिन्दुत्व विचार स्वीकार गर्दैनन् ।
अहिले गणतन्त्र र राजावादीबीच टसल बढिरहँदा हिन्दुत्व विचारलाई कमजोर पार्न खोजिएको छ । पक्ष र विपक्षमा यी दुई पक्षधर देखिएपनि हिन्दुत्व दुवैको तारोमा परेको छ ।
हिन्दुत्व विचारका पक्षधरहरु एकजुट हुँदै जानुले धेरैलाई तर्साएको छ । देशमा ९० प्रतिशतभन्दा बढी हिन्दु सनातन धर्मालम्बी छन् । हिन्दु एक बनाउने र हिन्दु हौंको भावना जगाउने हिन्दुत्व विचारले उनीहरुलाई एकठाउँमा ल्याएर राजनीतिक शक्ति आर्जन गरेमा गणतन्त्र पक्षधर र राजावादीलाई धक्का पर्न सक्छ । त्यसले हिन्दुत्व विचार बलियो हुँदै गएमा यी दुवै शक्ति एकजुट हुने अवस्था पनि आउनसक्छ । त्यसैले दुवैको उद्देश्य हिन्दुत्व विचार कमजोर पार्ने नै देखिन्छ ।