हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

काठमाडौं, ११ चैत्र । कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेसँगै तरंग आएको छ ।
शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाबमोजिम नियुक्त भएका हुन् । उनलाई २०७८ मा सरकारले कार्यकारी निर्देशकबाट हटाएर कुलमानलाई नियुक्त गरेको थियो । उनी यो निर्णयविरुद्ध अदालत गएका थिए ।
कुलमान पनि आफूलाई हटाएकोमा अदालत जाने चर्चा चलेको छ । मंगलबार उनले यसबारे निर्णय लिनसक्ने बुझिएको छ ।