कुलमान घिसिङ बर्खास्त

काठमाडौं, ११ चैत्र । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
कुलमानलाई सरकारले चारबुँदै स्पष्टिकरण सोधेर ७२ घन्टाभित्र जवाफ मागेको थियो । कुलमानले ७ बुँदामा स्पष्टिकरण दिएका थिए । तर, यसलाई चित्त नबुझेको भन्दै सरकारले हटाएको हो ।
कुलमानको ऊर्जामन्त्री दिपक खड्कासँग टकराव बढ्दै गएको थियो । उनलाई हटाउने चर्चा चलिरहेकोमा बर्खास्तगीमा परेका छन् ।
सरकारको निर्णयविरुद्ध कुलमान अदालत जाने सम्भावना रहेको छ । उनको कार्यकाल साउनसम्म रहेको छ ।