११ चैत्र २०८१, मंगलबार | March 25, 2025

न्यायाधीशको घरमा १५ करोड जलेको नगद (भिडियोसहित)


8.8k
Shares

एजेन्सी, ९ चैत्र । यतिबेला एउटा भिडियो भाइरल छ । भिडियोमा आगोले नष्ट गरेका नगद छरपष्ट देखिन्छ । त्यो आगलागी एकजना न्यायाधीशको घरमा भएको हो जहाँ १५ करोड भारतीय रुपैयाँ फेला परेको छ ।

घटना भारतको दिल्लीमा भएको हो । त्यहाँका उच्च अदालतका न्यायाधीश यशवन्त शर्माको घरमा आगो लाग्यो । निभाउने क्रममा प्रहरीले नोटको बिटाहरु भेट्यो । घटना भएका बेलामा न्यायाधीश शर्माकी आमा मात्र घरमा थिइन् ।

आगलागीका क्रममा भेटिएको नोटको बिटोको भिडियो भारतको सर्वोच्च अदालतले सार्वजनिक गरिदिएको छ । यस्तो भिडियो सायदै कुनै महत्वपूर्ण संस्थाले सार्वजनिक गरेको घटनाका रुपमा लिइएको छ ।

अहिले न्यायाधीश यशवन्त शर्मा छानविनमा परेका छन् । उनको जागिरनै जाने सम्भावना छ । शर्माले आफूमाथि षड्यन्त्र भएको बताएका छन् । उनको सरुवा भएको छ अहिले ।

जब न्यायाधीशको घरमा आगो निभाउँदा १५ करोड भेटियो…

प्रतिक्रिया