९ चैत्र २०८१, आइतबार | March 24, 2025

सोरस–मस्क मिडियायुद्धको तरंग


498
Shares

डा. दीपेश केसीः अमेरिकी राष्ट्रपतिको चुनाव डेमोक्रयाट्स र रिपब्लिकनबीचको प्रतिष्पर्धा मात्र थिएन । कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको मात्र थिएन । दुई बिजनेश टाइकुन जर्ज सोरस र इलन मस्कबीचको पनि थियो । सोरसले ह्यारिसको पक्ष लिंदा मस्कले ट्रम्पलाई साथ दिएका थिए । विश्वभरका अधिकांश मूलधारका मिडियामा प्रभाव बनाएका सोरसलाई सामाजिक सञ्जाल एक्सका मालिक मस्कले अमेरिकी चुनावका माध्यमले पराजित गरिदिए । यी दुईबीचको द्वन्द्व अझै सकिएको छैन । सोरसले मस्कको टेस्ला कम्पनी बहिष्कारको अभियानलाई ऊर्जा दिन प्रोपोगान्डा गराइरहेका छन् । मस्कले सोरससहित अमेरिकाका धनाढ्यहरुमाथि खुलेरै टेस्लाविरुद्धको प्रोपोगान्डाको आरोप लगाइसकेका छन् । यी सबै खेलका पछाडि अमेरिकाले विश्वभर विभिन्न नाममा बाँड्दै आएको रकम मस्कले सम्हालेको डिर्पाटमेन्टर अफ गभर्मेन्ट इभिसियन्सी (डीओजीई)को सल्लाह बमोजिम ट्रम्पले रोक्ने कदम नै हो ।

सतहमा राजनीतिज्ञहरुको द्वन्द्व देखिएपनि धनाढ्यहरुको व्यापारिक युद्धले अमेरिकी राजनीतिलाई मात्र नभई विश्व राजनीतिलाई तरंगित पारिरहेको छ । तेल र हतियारको व्यापारीहरुको आ आफ्नै स्वार्थ छन् । उनीहरुले प्रोपोगान्डालाई मुख्य अस्त्र बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्छन् । त्यसका लागि पनि मिडियामा घुमाउरो तरिकाले लगानी गर्छन् । चाहे सोरस हुन् या मस्क मिडियामा उनीहरुको लगानी धन कमाउने र सँसारभर आफ्नो एजेन्डा लाद्नै नै हो । विकासोन्मुख देशका स्वार्थी समूहहरु त्यस्ता एजेन्डा पैसा र प्रभावमा परेर बोक्छन् । त्यसबाट नेपाल पनि अछुतो छैन ।

नेपालमा जर्ज सोरसले राजनीतिक र सामाजिक क्षेत्रमा आफ्नो प्रभाव बनाउन र एजेन्डा लाद्न ठूलो धनराशी खर्चिए । उनले ओपन सोसाइटीका नाममा खर्चिएको रकम नेपाली समाजको आत्मामाथि प्रहार गर्ने हेतुले थियो भन्ने छर्लंग भइसकेको छ । ती रकमहरु धर्मनीरपेक्ष लाद्न देखि समलिङ्गी गतिविधिलाई बढावा दिने उद्देश्यले मिडिया र सामाजिक क्षेत्रमा खर्चिए । दूरदराजका गाउँसम्म यी एजेन्डाहरु मिडियाका माध्यमले गनेचुनेका चर्चित पात्रहरुमार्फत् निरन्तर फैलाइयो । असत्य पटक पटक दोहोराए सत्य जस्तै लाग्न थाल्ने गोयबल्स शैलीको प्रोपोगान्डा मच्चाउने भारी नाम चलेका मिडिया देखि तिनका सञ्चालकरुले बोके । नेपाली समाजले यसबाट ठूलो क्षति व्यहोर्नुप¥यो । समाजमा जातीय, क्षेत्रीय र साम्प्रादायिक घृणा फैलाउने गतिविधिहरु भए । यो गतिविधिमा मूलधारका दलका स्वार्थी समूहहरु लागिरहे । यसको मूल्य अहिले देशलाई भारी परिरहेको छ ।

नेपालको धर्म, संस्कृति, भाषा, सदीऔं देखि चलिआएको प्रथा, संवत्समेतमाथि प्रहार भइरहे । महापुरुषहरुको अपमान गर्न थालियो । इतिहासको अवमूल्यन गराउने समूह लागिपरे । यसमा कथित नागरिक समाजका अगुवा नै अघि सरे । देशमा जनजनलाई जोड्ने तन्तुका रुपमा विकास भएको धर्म संस्कृति, रीतिरिवाजलाई ध्वस्त पार्ने अभियान नै चलाइयो । यी सबैमा मिडियालाई दुरुपयोग गरियो । सबैभन्दा मिडिया दुरुपयोग गर्नेमा जर्ज सोरस नै हुन् । हँगेरीमा जन्मिएका उनले सोभियत संघ विघटनमा मिडियाको सफल परिचालन गरेर पश्चिमा समाजलाई गुन लगाएका थिए । जर्ज सोरसले पूर्वी यूरोपमा कम्युनिष्ट सत्ता ढाल्न मिडियालाई प्रभावित पारेर भूमिका खेलेका थिए । उनको हँगेरीको फाउण्डेशनले सुरुमा योजनावद्ध तरिकाले त्यस्ता भूमिका खेलेको थियो । स्टुडियो बनाउन, प्रिन्टिङ प्रेस खरिद गर्न देखि विभिन्न सामाग्री खरिदमा मिडियालाई रकम दिन्थ्यो । रोमानिया, इस्टोनिया र रुसमा त सत्तालाई धक्का पर्ने खालका पुस्तकको स्थानीय भाषामा उल्था गरी प्रकाशनमा लगानी गर्दथ्यो । कसरी समाजलाई नियोजित स्वार्थमा बदल्न सकिन्छ भन्नेमा सोरस रणनीतिकार पनि हुन् । उनीसँग विश्वव्यापी त्यस्तो सञ्जाल विकास भएको छ ।

विश्वका उदारवादीहरुका प्रीय हुन् सोरस । उनी पश्चिम यूरोपका शासकका अति प्रीय हुन् । आफ्ना योजनावद्ध एजेन्डा लागू गर्न सोरसले मिडिया, नागरिक समाज र सामाजिक संस्थालाई धनराशी खर्च गर्छन् । जुन नेपालमा पनि हिन्दू राष्ट्र संविधानबाट मेटाउन गरियो । नेपालको परम्परा, संस्कृतिमाथि प्रहार गर्न पनि सोरसको धन खर्चिएको तथ्य बाहिर आइरहेको छ । सोरसको संस्था ओपन सोसाइटीले नै खर्चिएको रकम के कति कहाँ गरियो भन्ने थोरबहुत सार्वजनिक गर्छ । विश्वको धेरै देशमा सत्ता पल्टाउन सक्ने क्षमता राख्छन् सोरस । मस्क पनि त्यही क्षमतामा पुगिसके अहिले । सोररले उदारवाद र खुल्ला समाजका नाममा विश्वभर आफ्नो नियोजित एजेन्डा लाद्दै आएका छन् । उनी केही कमजोर भएका छन् तर सकिएका छैनन् । हँगेरीका प्रधानम्त्री भिक्टोर अरबनले भनेजस्तै सोरस अब यूरोप मुकाम बनाएर सक्रिय हुनेछन् । उनले त्यही नीति लिइसकेका छन् ।

ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि सोरसलाई ठूलो धक्का लागेको छ । डोनाल्ड ट्रम्पले चुनाव जितेलगत्तै सोरसको विश्वभर रहेको सञ्जालको भण्डाफोर भयो । यो भण्डाफोर अधिकांश ट्रम्प प्रशासनले नै ग¥यो । मस्कले त सोरसविरुद्ध कडा अभिव्यक्ति नै दिए । धमाधम सोरसविरुद्ध बोल्न थाले विश्वका कतिपय नेता र दलहरु । जसमध्ये सोरस जन्मिएको हँगेरीका प्रधानमन्त्री भिक्टोर अरबन पनि थिए । । सोरसको एजेन्टहरुलाई निष्काशन गर्नुपर्ने भन्दै अरबनले बोलेका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले सोरसलाई समाज भाँड्ने भन्दै आलोचना गरेकी छिन् । चीन सोरसप्रति कडा छ र आतंकवादी जस्तै ठान्छ । भारतको सत्तारुढ भाजपाले सोरसको मात्र आलोचना गरेन उनको संस्थासँग जोडिएका व्यक्तिको समेत आलोचना ग¥यो । सोरससँग डराउने विश्वका राजनीतिज्ञहरुको बोली धमाधम फुट्न थालेको छ अहिले । मस्कले मिडिया युद्धमा सोरसलाई पराजित गरेपछि यो घटना विकास भएको हो ।

सोरसले विश्वभर एजेन्ट तयार गरेका छन् । तर, ट्रम्पको कडा नीति मस्कमार्फत् लागू हुँदा सोरसका एजेन्टहरुको भण्डाफोर भइरहेको छ । यसले विश्वभर सोरसका एजेन्टहरु संकटमा परेका छन् । विगतमा आक्रामक रुपमा देखिने त्यस्ता एजेन्टहरु अहिले प्रतिरक्षाको अवस्थामा छन् । सोरसको रणनीतिमा केही न केही धक्का लागिरहेको छ नेपालमा । उनको संस्थाले नेपालको एकता, मौलिक धर्म संस्कृतिविरुद्ध मिडियामार्फते लगानी गरिरहेकोमा नेपाली जनताले धेरै तथ्य चाल पाएका छन् । रणनीति खुल्नु आफैमा ठूलो धक्का हो । हिन्दु धर्मसंस्कृति, रीतिरिवाजविरुद्धको भाष्य प्रकाशितका विषयहरु कुन स्वार्थ र योजना मुताबिक आए भन्ने समेत खुल्न थालेको छ । योजनावद्ध तरिकाले अभियन्ता स्थापित गर्ने, लोकप्रीय बनाएर सत्तामा लाने, उदारवादका नाममा मौलिक धर्म संस्कृति ध्वंश पार्ने गतिविधिहरु छताछुल्ल भए ।

सोरसको ओपन सोसाइटीले सन् २०२० मा मात्र ३ लाख ६८ हजार डलर पत्रकारितामा, ७ लाख ३६ हजार लोकतान्त्रिक अभ्यासमा, ३ लाख २२ हजार समता र विभेदविरुद्ध र ८ लाख ७४ हजार न्याय रुपान्तरणका क्षेत्रमा खर्चिएको उल्लेख गरेको छ । यस्ता रकमहरु हरेक वर्ष ओइरिइरहे । नेपाली समाजलाई केही करोड डलरले विभाजित बनाउने रणनीतिमा आखिर सोरस किन सफल भए त ? यो यक्ष प्रश्न हो । उनले नेपाली समाजले पत्याएका भनिएका बुद्धिजीवी, मिडियाकर्मी देखि राजनीतिक दलका नेतालाई प्रभावित बनाए । विशेषगरी मिडिया नै उनको मुख्य अस्त्र हुँदै आयो । जुन प्रयोग उनले पूर्वी यूरोपको समाज ध्वस्त पार्न मिडियामार्फत् गरे त्यही प्रयोगलाई अझ प्रभावकारी बनाएर नेपाललगायत दक्षिण एशियामा पनि गरे । भारतमा त उनले गरेका लगानीको विषयले हंगामा नै मच्चियो । यी सबै एकैपटक भए जब ट्रम्प चुनाव जिते अनि सोरसका प्रतिष्पर्धी मस्क अमेरिकी सत्तामा प्रभावशाली देखापरे । त्यसको असर नेपालमा पनि प¥यो । सोरसबाट प्रभावित भएकाहरु प्रतिरक्षा नै गर्न नसक्ने गरी तथ्य बाहिर आएर समस्यामा परेका छन् । मस्कको प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत महिना भएको टेलिफोन वार्ता पनि उत्तिकै अर्थपूर्ण छ । त्यो टेलिफोन कुराकानीपछि नेपालमा सामाजिक संस्थामाथि निगरानी मात्र बढेको छैन अनुदानबारे अध्ययन नै गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालयहरुले गरिरहेका छन् । यसको असर सडक देखि चीयापसलसम्म परेको छ । नायक भनिएकाहरु खलनायक र खलनायक भनिएकाहरु एकाएक नायकमा परिणत हुन थालेका छन् । पर्दाबाहिर जे घटना देखिएपनि यी सबैका पछाडि मस्क र सोरसबीचको टकरावकै कारण हो । दृष्टि साप्ताहिकमा प्रकाशित

 

प्रतिक्रिया