९ चैत्र २०८१, आइतबार | March 24, 2025

कुलमान हटाउन नसकेपछि महशुल नतिर्ने उद्दोगी तर्सिए


1.2k
Shares

काठमाडौं, ९ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने प्रयास विफल भएपछि महशुल नतिर्ने उद्दोगी तर्सिएका छन् । घिसिङले महशुल नतिर्ने उद्दोगको लाइन काट्ने निर्देशन दिइसकेका छन् ।

कुलमानको निर्देशनपछि उद्दोगीहरु धमाधम महशुल तिर्न थालेका छन् । डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिरेको लक्ष्मी स्टिलले किस्ताबन्दीमा रकम तिर्ने थालेको छ । शुक्रबार पहिलो किस्तावापत ९४ लाख ९८ हजार रुपैयाँ तिरेको छ । उसले २३ करोड ७९ लाख तिर्न बाँकी छ । २८ किस्तामा महशुल तिर्ने गरी लक्ष्मी स्टिलले रकम बुझाउन थालेको हो ।

सर्वोत्तम सिमेन्टले दोस्रो किस्तावापतको ३७ लाख ६३ हजार बुझाएको छ । उसले ११ करोड ९६ लाख तिर्नुपर्नेछ ।

सुर्य टोबाकोलगायत केही उद्दोगले महशुल तिर्दै आएका छन् । तर, अधिकांशले रकम तिरेका छैनन् । जसमध्ये जगदम्बा सिमेन्टलगायत सुलभ र साहिल अग्रवालको कम्पनीहरुले तिरेका छैनन् । उनीहरु दुवै कुलमानलाई महशुल तिर्ने दबाबबाट पछि हट्न वाध्य गराउने अभियानमा थिए ।

प्रतिक्रिया