प्रचण्ड किन उत्साही

काठमाडौं, ८ चैत्र । माओवादी अध्यक्ष प्रचण्ड फेरि हौसिएका छन् । उपनिर्वाचनमा माओवादीको प्रदर्शन र पछिल्लो समय स्ववियू चुनावको परिणामले उनी उत्साही भएका हुन् ।
देशमा हिन्दुवादी सक्रिय हुँदै गएपछि प्रचण्ड मात्र त्यसको विरोधमा खुलेका छन् । काँग्रेसभित्र हिन्दु विचार बलियो हुँदै गएको छ । एमालेभित्र पनि हिन्दूको विरोध गर्न सक्ने अवस्था छैन । यसकारण पनि प्रचण्ड हिन्दुविरोधीलाई समेटेर शक्ति सञ्चयमा लागेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुन थालेपछि प्रचण्ड नै उनको विरोधमा खुले । उनले गणतन्त्र आफूले ल्याएको दाबी गर्दै ज्ञानेन्द्रविरुद्ध कडा अभिव्यक्ति दिए ।
अन्य दलहरुसँग स्पष्ट दृष्टिकोण आइरहेको छैन । काँग्रेसभित्र राजसंस्थाप्रति सकारात्मक मत बलियो छ । एमालेभित्र पनि त्यस्तो मत नभएको होइन । माओवादी भने सिधै राजसंस्थाविरोधी हो । यसले पनि प्रचण्डलाई सजिलो बनाएको छ ।