१२ चैत्र २०८१, बुधबार | March 26, 2025

नयाँ बनाइदिने सहमतिमा दलितको घर भत्काइएको खुलासा, महायज्ञविरुद्ध षड्यन्त्र


664
Shares

काठमाडौं, ८ चैत्र । सिराहाको औरही-५ मा दलितको घर भत्काइएको घटनामा कानूनी तरिकाले घरधनीको सहमति समेत भएको खुलेको छ । घरधनी दिपक मलिक डोमले अर्को ठाउँमा बनाइदिने सहमतिमा भत्काइएको खुलेको हो ।

घरधनीले नै आफूहरुलाई खानेपानी बिजुलीको सुविधासहित नयाँ घर बनाइदिनेगरी राजीखुशी सहमति गरेर भत्काइएको सार्वजनिक रुपमै बोलेका छन् ।

घर भत्काउन ३४ दिने सूचना निकालिएको र त्यसपछि १५ दिन र अन्त्यमा ३ दिनको सूचना निकालेर स्वास्थ्य सेवा विभागमा कार्यरत घरधनी दिपककै रहोवर र सहमतिमा तमसुक गरी भत्काइएको औरही नगरपालिकाले जनाएको छ ।

घर भत्काउनुको कारण क्याम्पस भवन स्थापना र तरकारी मण्डी बनाउन पर्याप्त स्थान आवश्यक परेर नै हो भन्ने जानकारी प्राप्त भएको छ । क्याम्पस भवन बनाउनका लागि महायज्ञ आयोजना गर्न लागिएकोमा जातीय द्वन्द्व बढाउने षड्यन्हरु चालिएको छ । महायज्ञविरुद्ध एउटा समूह नै लागेको छ । तराईमा पछिल्लो समय हिन्दू जागरण बढेको र धर्मान्तरणमा अवरोध बढेको छ । यसकारण पनि विभिन्न तरिकाले षड्यन्त्रहरु भइरहेका छन् ।

प्रतिक्रिया