८ चैत्र २०८१, शनिबार | March 23, 2025

संसारको विराट शास्त्रार्थ रायसीना संवाद


1.4k
Shares

विपिन देवः सन् २०१६ देखि भारतको परराष्ट्र मन्त्रालयले अबजरभर रिर्सच फाउनडेसनकोे सहयोगबाट रायसीना संवादको अनुष्ठान गर्दै आएको छ । रायसिना सम्वाद एक वैचारिक मन्थन हो । बैचारिक समुद्र मन्थनबाट संसारको मौलिक समस्या माथि चिरफार गर्ने रायसीना संवाद एक किसिमले वैदिक परम्परालाई अंगिकार गरेको देखिन्छ । शास्त्रार्थको माध्यमबाट समस्यालाई आलोकित गर्ने र तदनुरूप समस्यालाई समाधान तर्पm उन्मुख गराउने वैदिक परम्पराको प्रयोग हो । हिन्दु दर्शनको सूत्रलाई प्रयोग गर्दै रायसीना सम्वादको गरिमा र महिमा बडो चहकिलो र गहकिलो हुन गएको छ । सन् २०२५ को रायसनिा सम्वाद १७ मार्चदेखि १९ मार्चसम्म दिल्लीमा सम्पन्न भएको छ । १२५ देशहरूबाट ३५०० प्रतिनिधिहरूको सहभागिताले रायसीना महिमा मण्डित भएको छ । हरेक क्षेत्रबाट मूर्धन्य व्यक्तित्वहरूको सहभागिताले गर्दा विश्वमा कहलिएका सञ्चार गृहहरूले समेत रायसिना सम्वादलाई यथेष्ट स्थान दिएका छन् ।

भू(राजनीति र भू(अर्थनीतिलाई केन्द्रित गर्दे रायसीना सम्वादको विषय “कालचक्र” रहेको छ । अर्थात् समयको आवेगले भू(राजनीति र भू(अर्थनीतिलाई कसरी प्रभावित गर्दछ भन्ने कुराको चिरफार रायसनिा सम्वादले गरेको देखिन्छ । रायसिना संवादको १० औं श्रृंखलाको उद्घाटन भारतका प्रधानमन्त्री मोदी र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिसटोफर लनसनले गरेका थिए । ३० वटा सत्रमा रायसिना संवादले आणविक समस्यादेखि पार्यावरण, जलवायु परिर्वतनदेखि हरित क्रान्ती, नविकरण उर्जादेखि वनविनाश, ताइवानदेखि चीनसम्म, ट्रान्सएटलान्टीकदेखि ट्रान्सप्यासिफीकसम्म, कर्वाडदेखि आसीयानसम्म, अमेरिका(यूरोप सम्वन्ध, हिन्द प्रसान्त्तीय समस्या, दक्षिण चीन सागरको समस्यामा समेत रायसीना सम्वादले वहस चलाएको देखिन्छ । रायसिना संवादको मूर्धन्य वक्ताको रूपमा न्यूजिल्याण्डको प्रधानमन्त्रीले रायसनिा सम्वादको माध्यमबाट संवाद र वहसको वातावरण निर्माण हुन सक्ने कुरा जिकिर गरेका छन् । अर्थात् वर्तमान परिवेशमा शस्त्रले मानवीय मूल्य र मान्यतालाई मानमर्दन गरेको कुरा रुस र युक्रेनको युद्धको साथै इजरायल र हमासको भिडन्तले समेत उदांगो गरेको देखिन्छ ।

न्यूजिल्याण्डका प्रधानमन्त्री लन्सनले हिन्दप्रसान्त क्षेत्रमा भारतको भूमिका अहम रहेको स्वीकार गरेका छन् । हिन्दप्रसान्त क्षेत्र संसारको व्यापारिक नाका भएकोले गर्दा उक्त क्षेत्रमा शान्ती र अमन कायम गर्न प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरूको गठबन्धनलाई उनले प्रशंसा समेत गरेका छन् । अर्थात् कर्वाड (अमेरिका, भारत, अष्ट्रेलिया र जापान)को दायरालाई फराकिलो बनाउन समेत उनले आग्रह गरेका छन् । न्यूजिल्याण्ड लगायत दक्षिण कोरिया समेत क्वाडमा सहभागी हुनु पर्ने उनले उठान गरेका छन् । कार्यक्रमको केन्द्रविन्दुको रूपमा ट्रम्प प्रशासनका खुफिया विभागका प्रमुख तुलसी ग्यालवुटले समेत रायसिना संवादमा अमेरिकी पक्षलाई उद्घाटित गरेकी छिन् । तुलसी ग्यालर्वट अमेरिकी सदनमा भागवत गीतमा हात राखेर शपथ लिएकी नेतृ हुन् । बौद्धिक चिन्तनबाट प्रभावित भएकी अमेरिकी नेताले रायसीना संवादमा विश्वको मौलिक मुद्दालाई बहस र छलफलको माध्यमबाट समाधान गर्नुपर्ने ट्रम्प सरकारको उद्देश्य रहेको समेत उनले उद्घाटित गरेकी छिन् । तुलसी ग्यालर्वटले ट्रम्प सरकारको आगमन नै प्रजातान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नुपर्ने समेत उनले उल्लेख गरेकी छिन् ।

रायसिना संवादमा भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले रायसीनाको उद्देश्य नै वार्ता र सम्वादलाई समाधानको सूत्र बनाउनु पर्ने आग्रह गरेका छन् । वर्तमान भू(राजनीतिमा दक्षिण गोलाद्धमा समस्या ओझेलमा परेका कुरा समेत उनले उल्लेख गरेका छन् । रायसिना संवादमा डा. जयशंकरले काश्मिरको मुद्दामा पश्चिमा सरकारहरूको प्ुर्वाग्रह प्रति समेत कटाक्ष गरेका छन् । पाकिस्तानले सात दशकदेखि नै काश्मिरको एक तिहाई भू(भागलाई प्रजातान्त्रिक अभ्यास विना नै कब्जामा राखेको कुरा उनले उद्घाटित गरेका छन् । रायसिना संवादमा मालीमा प्रधानमन्त्री मौसा माराले अफ्रिकी यूनियनको समस्या प्रति पश्चिमा जगत सजग नरहेको कुरा उल्लेख गरेका छन् । सम्पदा र स्रोतलाई दोहन गर्न पश्चिमा शक्ति लगायत चीन समेत सक्रिय रहेको कुरा उनले उल्लेख गरेका छन् ।

रायसिना संवादले बहस, छलफल, वार्ता, संवाद, मतभेद, मनभेद, तर्क, विर्मशलाई शास्त्रार्थको रूप दिएर प्रजातन्त्रलाई फलिभूत गर्ने नयॉ परम्परालाई सुरुवात गरेको देखिन्छ । रायसीना संवादको छलफल सत्रमा भारतमा विभिन्न विद्यापिठबाट २५० र विदेशका विद्यापिठहरूबाट समेत ३५० विद्यार्थीहरूको सहभाविता रहेको थियो । विद्यार्थीहरू अधिकांश शोधार्थीको रूपमा प्रश्नोत्तर सत्रमा सहभागी भएका थिए । रायसीना सम्वाद भू(राजनीति र भू-अर्थनीतिको गोलचक्करमा भएता पनि रसिया युक्रेनको युद्धको वाछिटाबाट दक्षिण गोलाद्धको मुलुकहरू अधिक प्रभावित भएको कुरा विर्मशमा आएको थियो । मध्य एसियामा बढ्दो कट्टरपन्थको पराकम्पनबाट आतंकवाद बढ्न सक्ने समेत शोधार्थीहरूले प्रश्न गरेका थिए । कट्टरपन्थबाट नै आतंकवाद अंकुरित हुने र आर्तकवादको कारणले नै संसारले युद्धको दस्तुर तीर्नुपर्ने कुरा छलफलमा समावेश भएको थियो । रायसीना सम्वादमा संयुक्त राष्ट्र संघको भूमिका माथि समेत छलफल भएको थियो । संयुक्त राष्ट्र संघमा केही राष्ट्रहरूको विषेशाधिकार (भिटो पावर)ले गर्दा संयुक्त राष्ट्र संघ समावेशी नभएको समेत वक्ता वृन्दले उद्घाटित गरेका थिए । भारत, व्राजिल, अफ्रिकी यूनियन लगायत अधिक जनसंखया भएका मुलुकहरूको सहभागी विना संयुक्त राष्ट्र संघ दिन प्रति दिन कमजोर भइरहेको कुरा समेत विर्मशमा आएको थियो । साथ साथै विश्व वैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायत अन्य वित्तिय संस्थाहरूले दक्षिण गोलाद्र्ध प्रति अधिक जिम्मेवार हुनुपर्ने समेत छलफल भएको थियो । १० औं श्रृंखलाको भाष्यले नयॉ जोश जागरको प्रवाह गरेको देखिन्छ ।

प्रतिक्रिया