१९ चैत्र २०८१, बुधबार | April 3, 2025

गणतन्त्र भर्सेस राजतन्त्र, शक्तिप्रदर्शनको होडवाजी


1.3k
Shares

काठमाडौं, ७ चैत्र । गणतन्त्र र राजतन्त्रका पक्षधरबीच टकराव बढ्दै गएको छ । यसले देशमा द्वन्द्व बढाउने खतरा देखिएको छ ।

फागुनको अन्तिम साता राजतन्त्र पक्षधर सडकमा शक्ति प्रदर्शनमा ओर्लिए । हजारौं सडकमा उत्रिएपछि गणतन्त्र पक्षधर झस्किए । पूर्वराजाका विरुद्ध मुख्य दलका नेताहरु बोल्न थाले ।

राजतन्त्रका पक्षधरले आन्दोलनका लागि समिति नै बनाएका छन् । राप्रपा पनि राजतन्त्रको पक्षमा शक्तिप्रदर्शन गर्ने घोषणाका साथ बढेको छ ।

सत्तारुढ एमालेले गणतन्त्रका पक्षमा ११ चैत्रमा सचेतना कार्यक्रम चलाउने निर्णय गरेको छ । समाजवादी मोर्चाले १५ चैत्रमा गणतन्त्रका पक्षमा सडकमा शक्ति प्रदर्शन गर्ने भएको छ । यसरी देशमा शक्तिप्रदर्शनको हाडवाजी नै चलेको छ ।

प्रतिक्रिया