पोल्यान्डमा राष्ट्रपति उम्मेदवारद्वारा समलिङ्गी प्रदर्शनीमा तोडफोड

एजेन्सी, ७ चैत्र । अमेरिका र यूरोपभर समलिङ्गी गतिविधिको चर्को विरोध हुन थालेको छ । यस्ता गतिविधि विभिन्न नाममा बढ्न थालेपछि राजनीतिक शक्तिबाट नै विरोध बढ्न थालेको हो ।
पोल्यान्डका राष्ट्रपति पदका उम्मेनवार ग्रेजगोर्ज ब्राउनले समलिङ्गी प्रदर्शनीस्थलमा तोडफोड गरेका छन् । उनले गे प्रोपोगान्डाभन्दै समलिङ्गी नारामा कालो रङ्ग हानेर मेटिदिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त सँसारमा महिला र पुरुष मात्र भएको स्पष्ट भनिसकेका छन् । अन्य देशमा पनि समलिङ्गी गतिविधिको विरोध भइरहेको छ ।