१२ चैत्र २०८१, बुधबार | March 26, 2025

कुलमानको कार्यकालमै लोडसेडिङ


830
Shares

काठमाडौं, ७ चैत्र । देशमा फेरि लोडसेडिङ सुरु भएको छ । केही महिनायता अघोषित लोडसेडिङ चल्दै आएकोमा घोषित रुपमै लोडसेडिङ भइरहेको छ ।

देशका प्रमुख औद्योगिक क्षेत्रहरुमा लोडसेडिङ छ । दैनिक १२ घन्टासम्मको लोडसेडिङले उद्दोगधन्दा समस्यामा परेका छन् ।

भारतबाट विद्युत आयात पिक आवरमा कम हुन छाडेपछि लोडसेडिङ सुरु भएको हो । उपभोक्ताले समेत केही दिनमा लोडसेडिङको सामना गर्नुपर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्तको जस लिएपनि उनकै कार्यकालमा लोडसेडिङ सुरु भएको छ । भारतबाट विद्युत आयात भएको र विद्युत उत्पादक कम्पनीहरुले उत्पादन बढाएकाले लोडसेडिङ विगतमा अन्त भएको भन्दै ऊर्जामन्त्री दिपक खड्काले बोल्दै आएका छन् । उनले कुलमानले यसको जस लिएकोमा असन्तुष्टि जनाउने गरेका छन् ।

प्रतिक्रिया