४ चैत्र २०८१, मंगलबार | March 19, 2025

प्राज्ञिक विद्यार्थी परिषद्को दशौँ अधिवेशनबाट कस्ले कुन जिम्मेवारी पाए


17k
Shares

चितवन, ५ चैत्र। प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन भरतपुरको चितवनमा सम्पन्न भएको छ । राष्ट्रिय सुरक्षा स्वावलम्बन र सुशासनका लागि चैत्र ०२ गतेदेखि ४ गते सम्म पर्यटकीय, ओैद्योगिक, सांस्कृतिक नगरी चितवनको भरतपुरमा सुरु भएको विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशन महत्त्वपूर्ण र ऐतिहासिक प्रस्तावहरू पारित गरी नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्दै सम्पन्न भएको हो ।

अधिवेशनले राष्ट्रिय अध्यक्षमा डा.दयाराम भूषाल, राष्ट्रिय उपाध्यक्षहरू पुष्कर खतिवडा, पृथ्वीराज अवस्थि, लक्ष्मी दत्तकर्ण, चिन्तामणि बस्नेत, राष्ट्रिय महासचिवमा दिनेश कार्की, राष्ट्रिय संगठन सचिवमा रमेश कण्डेल, राष्ट्रिय सह संगठन छितराज न्यौपाने, राष्ट्रिय सचिवहरूमा मुना विष्ट, जितेन लोहार, अरूण कुशुवाहा, लोग बहादुर चयडा, दिप्सन गुरूङ, अभिषेक विष्ट, अनुप तिवारी, हरिष बोहोरा, मनिष बञ्जाडे, प्रेम बोहोरा राष्ट्रिय छात्रा प्रमुख डा।सुस्मा तीवारी, सह छात्रा प्रमुख जानकी आचार्य, राष्ट्रिय मिडिया संयोजक कृष्णप्रसाद हुमागाईं, राष्ट्रिय सम्पर्क प्रमुख विष्णुप्रसाद पंगेनी, राष्ट्रिय सोसल मिडिया संयोजक ब्रिजित बोहोरा र केन्द्रीय सदस्य सहित ९० जनाको केन्द्रीय कार्यकारिणी समिति घोषणा गरेको छ ।

पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका ७ सय भन्दाबढी विद्यार्थी नेतृत्वहरूको सहभागीतामा चितवनको उद्योग संघमा भएको दशौँ राष्ट्रिय अधिवेशनमा १५ वटा अलग अलग सत्रहरू सञ्चालन गरिएको थियोे ।

जसमा ध्वजा रोहण, उद्घाटन सत्र, महासचिव प्रतिवेदन प्रस्तुत एवं निर्वाचन सत्र प्रदेश अनुसार बैठक, प्रस्ताव प्रस्तुत सत्र, अलग अलग दुई भाषण सत्र, प्रदेश अधिवेशन, शोभा यात्रा, खुल्ला अधिवेशन, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार समारोह, विशेष सत्र, दायित्व घोषणा एवम् समापन सत्र सञ्चालन गरि ध्वजा अवतरण गरि उक्त अधिवेशन सम्पन्न भएको परिषद्ले जनाएको छ ।

अधिवेशनबाट पाँच वटा अलग अलग महत्त्वपूर्ण प्रस्तावहरू, शैक्षिक प्रस्ताव, राष्ट्रिय सुरक्षा सम्बन्धि प्रस्ताव, आर्थिक प्रस्ताव, स्ववियु चुनाव सम्बन्धि प्रस्ताव र संकल्प प्रस्तावहरू पारित गरेको छ । जुन प्रस्तावलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र सरकारको सबै निकायमा बुझाउने योजना गरिएको परिषद्का महासचिव दिनेश कार्कीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया