दिपक थापा बढुवा भएकै मध्यरातितिर सुन तस्कर गिरोहको २५ करोड समातियो

काठमाडौं, ५ चैत्र । दिपक थापा आइजीपीमा बढुवा भई बधाई लिइरहेका थिए ४ चैत्र । प्रहरीले त्यही राति ११ बजे टोखाको झोरमा प्रहरीले चेकजाँच गरी २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गर्यो ।
प्रहरीले शंका लागी ट्रक रोकी रकम बरामद गरेको भनिएपनि गोप्य सूचनाका आधारमा रकम लुकाइएको ट्रक खानतलासी गरेको थियो । नेपाल प्रहरीका अनुसार ट्रकको वोनटमा फल्सबटम बनाई लुकाएर अमेरिकी डलर, यूरोलगायत मुद्रा फेला परेको थियो ।
सवारी चालक कुसाङ लामासहित सवारी साधन पक्राउ परी अनुसन्धान चलिरहेको छ । यो घटनामा सुन तस्करको गिरोह संलग्न रहेको बुझिएको छ ।
कुन्साङ लामा गोकर्णेश्वर नगरपालिका २ मा बस्दै आएका छन् । उनी २०७३ मा ७ केजी सुनसहित पक्राउ परेका थिए ।