३ चैत्र २०८१, सोमबार | March 18, 2025

८६ वर्षका पूर्वपञ्च नवराज सुवेदी राजा फर्काउने आन्दोलनका कमाण्डर


830
Shares

काठमाडौं, ४ चैत्र । राजा ल्याउने आन्दोलनको कमाण्डर बनाइएका छन् पूर्वपञ्च नवराज सुवेदी । ८६ वर्षीय सुवेदी राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष हुन् । उनलाई राजावादीहरुको तर्फबाट आन्दोलनको समिति गठन गरिएकोमा संयोजक बनाइएको छ ।

समितिको सदस्य सचिवमा रवीन्द्र मिश्र छन् । उनी पूर्वसञ्चारकर्मी हुन् ।

यसैगरी, पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा, राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईँ, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशरबहादुर बिष्ट र रमा सिहं पनि समितिमा छन् । समितिमा रहेकामा नवराज सुवेदीसहित जबरा, लोहनी र बस्नेत ८० कटेका छन् । बिष्ट ७० कटिसकेका छन् ।

आन्दोलनका लागि ५ जनाको सल्लाहकार समिति पनि गठन भएको छ । जसमा डा. जगमान गुरुङ, बुद्धिराज बज्राचार्य, डा. शास्त्र तत्व पन्थ, डा. राजेश अहिराज र खेमराज सेढाई छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वपञ्चहरुलाई नै पत्याएको देखिन्छ । उनले प्रत्यक्ष शासन गर्दा पनि डा. तुलसी गिरी र किर्तिनिधि बिष्टलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएका थिए ।

प्रतिक्रिया