३ चैत्र २०८१, सोमबार | March 18, 2025

दिपक थापा आइजीपी नियुक्त


747
Shares

काठमाडौं, ४ चैत्र । नेपाल प्रहरीको आइजीपीमा दिपक थापा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले थापालाई आइजीपीमा नियुक्त गरेको हो ।

थापाले आज मध्यरातिबाट प्रहरीको कमाण्ड सम्हाल्नेछन् । एआइजी रहँदा उनी सीआइबीमा कार्यरत थिए ।

प्रहरीमा एआइजीमध्येबाट थापा वरिष्ठतम हुन् । सरकारले वरिष्ठता कायमै राखेर बढुवा गरेको छ ।

अहिलेकै प्रहरी नियमावली कायमै रहेमा थापाले १९ भदौ २०८२ सम्म कमाण्ड सम्हाल्नेछन् । उनले प्रहरीमा प्रशासन चलाउने क्षमता राख्ने अधिकृतको परिचय बनाएका छन् ।

प्रतिक्रिया