३ चैत्र २०८१, सोमबार | March 17, 2025

नेपाल प्रहरीले आज नयाँ आइजीपी पाउने, कस्ले मार्ला बाजी ?


3.1k
Shares

काठमाडौं, ४ चैत्र । नेपाली प्रहरीले आज नयाँ आइजीपी पाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले अपरान्ह नयाँ आइजीपी नियुक्त गर्दैछ ।

प्रहरी नियमावलीमा एआइजीहरुमध्येबाट आइजीपी नियुक्त गर्ने उल्लेख छ । नियमावली अनुसार ३० वर्षे सेवावधि नपुगेका एआइजीहरु सबै आइजीपीका दाबेदार हुन् ।

वरिष्ठताका आधारमा दिपक थापा अगाडि छन् । उनीपछि टेकबहादुर तामाङ र सुदिप गिरी छन् । तीनैजना आइजीपीको दौडमा छन् ।

१९ भदौ २०५२ मा इन्स्पेक्टर बनेकाहरुमध्ये थापा, तामाङ र गिरी मुख्य प्रतिष्पर्धी हुन् । अहिलेको नियमावली अनुसार नयाँ आइजीपीले भदौ १९ २०८२ सम्म नेतृत्व सम्हाल्नेछन् ।

आइजीपी वसन्त कुँवरसहित एआइजीहरु टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई सोमबार मध्यरातिबाट सेवानिवृत्त हुनेछन् । डिआइजीहरु ध्रुवबहादुर रावल, गणेश चन्द र ध्रुव राउत पनि बिदा हुनेछन् ।

प्रहरीमा ६ जना एआइजीको पद रिक्त हुनेछ । झण्डै एक दर्जन डिआइजीको पद पनि रिक्त हुनेछ । रिक्त पदका लागि पनि दौडधूप तिव्र भइसकेको छ ।

प्रतिक्रिया