३ चैत्र २०८१, सोमबार | March 17, 2025

दल र दलीय सरकारको खेलौना प्रहरी संगठन हुन सक्दैन् : विश्लेषक रायमाझी


4.7k
Shares

प्रकाश रायमाझी । प्रहरी संगठनलाई अत्यन्त कमजोर जीर्ण अवस्थामा पु¥याइएको छ । राजनीतिक दलहरूको चरम हस्तक्षेपबाट संगठनका योग्य र दक्ष व्यक्तिहरू पाखा लाग्दैछन् । प्रहरी महानिरीक्षक बन्न बिचौलियाहरुलाई घुस बुझाउनुपर्ने अवस्थाले संगठन निस्प्रभाविक मात्र भएको छैन्, राम्रो काम गर्छु भन्नेहरूको मनोबल खस्कँदै गएको छ ।

सरकारले खेलौनाको रूपमा प्रहरी प्रयोग गर्दा प्रहरी संगठनको नै अन्योलपूर्ण अवस्थामा छ । जो सिनियर कमाण्डमा उनलाई एक महिना अगाडि कामु प्रहरी महानिरीक्षक बढाउने कानुनी व्यवस्था गरेको भए यो दुर्भाग्य व्यहोर्नु पर्दैन थियो ।

जो प्रहरी महानिरीक्षक बन्छन् उनी पनि हतास मनस्थितिमा पुग्छन् कसरी हुने कसलाई बुझाउने कति बुझाउने त्यसैमा दौड्छन् । प्रतिस्पर्धामा रहेकाहरू पनि अन्तिम अवस्था सम्म पनि हुने आइजीपी प्रयत्नमा लागिरहेका हुन्छन् ।
यस्तो अन्योलपूर्ण कानुनको व्यवस्थाले प्रहरीहरूको वृत्ति विकासमा गहिरो प्रभाव पार्दछ । प्रहरीहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दा प्रशासन सिडिओ प्रहरी प्रमुखले नम्बर दिने भनेको यो चलखेल गर्ने ठाउँ राखेको हो । जो योग्य दक्ष छ चेन अफ कमाण्डमा एक महिना अगाडि नै प्रमुख तोक्ने काम दिने व्यवस्था हुनुपर्छ । यो अन्योलपूर्ण माफिया र बिचौलियाहरूको चलखेलमा बन्ने प्रहरी मानिसहरूको भूमिका कस्तो होला सर्वसत्ता सम्पूर्ण नेपालीले बुझ्नुपर्ने बेला आएको छ । दल र दलीय सरकारको खेलौना प्रहरी संगठन हुन सक्दैन् ।

अहोरात्र खट्ने जनताको सेवामा समर्पित प्रहरीहरूको मनोबल उच्च गर्न अहिलेको यो ऐन बिचौलियाकरणलाई तत्काल बन्द गर्न ओली सरकारले सक्छ ??
(रायमाझी राजनीतिक विश्लेषक हुन् ।)

प्रतिक्रिया