३ चैत्र २०८१, सोमबार | March 17, 2025

होली खेल्दा छुरा प्रहारबाट युवकको हत्या,सडकमा शव राखेर प्रदर्शन


996
Shares

जनकपुरधाम,३ चैत्र । छुरा प्रहारबाट युवकको हत्या भएपछि स्थानीयले सडकमा शव राखेर प्रदर्शन गरेका छन् ।

जनकपुरको जलेश्वर सडकखण्डमा १८ वर्षीय आशु यादवको सडकमा शव राखेर उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् । उनीहरुले जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् ।

उनीहरूले घटनामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ ।

होली खेल्ने क्रममा विवाद हुँदा शनिबार साँझ ५ बजेतिर स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार भएका थिए ।

 

प्रतिक्रिया