७ बैशाख २०८२, आइतबार | April 20, 2025

गणतन्त्रमा १२ वर्ष कम्युनिष्ट र ५ वर्ष गैरकम्युनिष्ट प्रधानमन्त्रीहरु


664
Shares
काठमाडौं, २९ फागुन । देशमा गणतन्त्र आएको १७ वर्ष भइसकेको छ । करिब १२ वर्ष कम्युनिष्ट नेतृत्वको सरकार रह्यो भने ५ वर्ष गैरकम्युनिष्ट ।
५ जना कम्युनिष्ट प्रधानमन्त्री र ३ जना गैरकम्युनिष्ट प्रधानमन्त्री बने । सबैभन्दा बढी केपी शर्मा ओली ४ पटक १७४९ दिन प्रधानमन्त्री बने । त्यसपछि तीन पटक प्रचण्ड ११४२ दिन प्रधानमन्त्री बने ।
गैरकम्युनिष्टमा शेरबहादुर देउवा २ पटक गरी ७८४ दिन प्रधानमन्त्री बने ।
देशमा यति लामो समयसम्म कम्युनिष्ट सरकार बनेपनि समस्या भयावह बन्दै गएको छ । अर्थतन्त्र डामाडोल छ । धनी र गरिबबीचको खाडल बढेको छ । युवा पलायन बढ्दो छ । उद्दोगधन्दा संकटमा छन् । जसका कारण जनआक्रोश बढिरहेको छ ।
१. गिरिजाप्रसाद कोइराला ८२ दिन,
२. झलनाथ खनाल २०४ दिन,
३. खिलराज रेग्मी ३३४ दिन,
४. बाबुराम भट्टराई ५६३ दिन (१ बर्ष १९७),
५. सुशील कोइराला ६०८ दिन (१ वर्ष २४३ दिन),
६. शेरबहादुर देउवा ( २ चोटी प्रम) ७८४ दिन,
७..प्रचण्ड ( ३ चोटी प्रम) ११४२ दिन ,
८. केपी ओली (४ चोटी प्रम) १७४९ दिन।
९. माधव नेपाल ६२२ दिन (१ वर्ष २५७ दिन)
– कम्युनिष्ट प्रमहरू ५ जना, कार्यकाल ४२८० दिन (करिब १२ वर्ष)
-गैरकम्युनिष्ठ प्रम ३ जना, कार्यकाल १८०८ दिन (५ वर्ष)

प्रतिक्रिया