सुनसरीको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन मावि भवन निर्माणको शिलान्यास

इनरुवा, २७ फागुन । सुनसरीको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास भएको छ । मंगलबार सुनसरी क्षेत्र नं ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, र सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा भवनको शिलान्यास गरे।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो । भारत सरकारको आर्थिक सहयोगमा २ करोड ४८ लाख सहयोग परियोजना लागतमा भवन निर्माण गरिँदैछ ।
दुई तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना ९एचआइसीडीपी० को रूपमा लिइएको छ र सुनसरीको इनरुवा नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
श्री त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको थियो । यस विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ तहसम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीको क्षमता रहेको छ जसमध्ये ५५५ छात्राहरू रहेका छन् ।