२८ फाल्गुन २०८१, बुधबार | March 12, 2025

तराईमा नागरिकता किनबेच गर्दै मुसलमान जनसंख्या बढाउँदै, बोले राजकिशोर


1.3k
Shares

काठमाडौं, २७ फागुन । नेपालको तराईका कतिपय जिल्ला र बस्तीहरुमा मुसलमान जनसंख्या अस्वाभाविक रुपमा बढिरहेको छ । सुनसरी, सिराहा, महोत्तरी, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, दाङ जस्ता जिल्लामा मुसलमान जनसंख्या अस्वाभाविक रुपमा बढेको तथ्यांक छ ।

दाङको कोइलाबासमा ३० वर्ष अघि २० प्रतिशत पनि नभएको मुसलमान जनसंख्या अहिले ५० प्रतिशत नाघिसकेको छ । यस्ता धेरै बस्तीहरुमा मुसलमान जनसंख्या बढेको छ ।

सिराहामा वडाध्यक्षले नागरिकता बेचेको विषय सार्वजनिक भएको छ । भारतीय नागरिक मोसताक मियाँलाई नागरिकता बेचिएको हो । यो विषय जसपा, नेपालका सांसद राजकिशोर यादवले संसदमा उठाएका छन् ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रोहिंग्यालाई एमालेमा प्रवेश गराएर आफू पनि प्रवेश गरेको तथ्य छ । उनी पछि एमाले कोटाबाट आयोगको अध्यक्ष बने । भारत, बँगलादेश र बर्माका मुसलमानहरुले नेपालको नागरिकता पाइरहेको विषय खुल्न थालेको छ । अफगानिस्तानबाट पनि त्यस्ता मुसलमान आउन थालेका छन् ।

मधेश प्रदेशमा मुसलमान जनसंख्या ह्वात्त बढेपछि मधेशवादी दलहरु पनि झस्किएका छन् । यो घटनाले नयाँ समस्याहरु आउनसक्ने विश्लेषण भइरहेको छ ।-File Photo

प्रतिक्रिया