२६ फाल्गुन २०८१, सोमबार | March 10, 2025

लाखौं सहकारीपीडित सडकमा उत्रने


913
Shares

काठमाडौं, २६ फागुन । देशभरका लाखौं सहकारीपिडित सडकमा उत्रने भएका छन् । दशौं लाख सहकारीपिडितको खरबौं रुपैयाँ बचत फिर्ता नभएपछि पीडितहरु सडक संघर्षलाई कडा बनाउने गरी बढेका हुन् ।

सहकारीपीडितलाई लघुवित्त पीडित, मिटरब्याजी पीडितलगायतले पनि साथ दिने भएका हुन् । देशभर मुख्य शहरमा सहकारीपीडितको आन्दोलन हुने सहकारी बचतकर्ता संरक्षण अभियान महासंघका अध्यक्ष कुशल खत्रीले बताए । १७ चैत्रमा अहिलेसम्मकै ठूलो संख्यामा पीडितहरु राजधानीमा जुलुसमा सहभागी हुने भएका छन् ।

सहकारी पीडित लाखौं संख्यामा उत्रने सूचना पाएपछि सरकारले विभिन्न स्थानमा निषेधित क्षेत्र घोषित गरिसकेको छ । नयाँ बानेश्वरको तीन सय मिटर पश्चिमसम्म निषेधित क्षेत्र घोषित गरेको छ प्रशासनले ।

यसअघि सहकारी पीडितको आन्दोलनमा सरकारले बल प्रयोग गरेको थियो । त्यस क्रममा ठूलो संख्यामा घाइते भएका थिए ।

प्रतिक्रिया