अमेरिकाले साथ नदिएको भए युक्रेन कति दिनभित्र रुसको कब्जामा पुग्थ्यो

समाचार विश्लेषण । रुस र युक्रेनबीच युद्ध चलेको ३ वर्ष पूरा भइसकेको छ । चौंथो वर्ष युद्ध चलिरहँदा लाखौंको मृत्यु भइसकेको छ । अझै युद्ध समाप्त हुने देखिएको छैन ।
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि युद्ध अन्त भइहाल्ने आशा गरिएको थियो । तर, युक्रेनले युरोपेली देशहरुको साथ पाएपछि त्यहाँका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की हौसिएका छन् । उनी युद्धबाट पछि हट्न शर्तसहित प्रस्तुत भएका छन् ।
युक्रेनले नाटोको सदस्यता पाएमा र गुमेको भूभाग फिर्ता पाएमा मात्र जेलेन्स्की युद्धविरामका लागि तयार छन् । यसकारण ट्रम्पको ओभाल हाउसमा जेलेन्स्कीसँग नोकझोक नै भयो । अमेरिकाले सैन्य सहयोग रोकिदियो ।
ट्रम्पले जेलेन्स्कीसँगको नोकझोकमा अमेरिकी सहयोग नभएको भए दुई हप्तापनि युक्रेन टिक्दैनथियो भनिदिए । वास्तवमा अमेरिकाले ३५० अर्ब डलरको सैन्य सहयोग गरिसकेको छ युक्रनेलाई ।
ट्रम्पसँग सम्बन्ध बिग्रिएपछि अमेरिकाले कतिपय सहयोग रोकिदिएको छ । विभिन्न सुरक्षासम्बन्धी प्रणाली निष्कृय बनाइदिएको छ । यसको फाइदा रुसले उठाउन थालेको छ । रुस धमाधम युक्रेनको थप भूभाग जित्न बढेको छ । अमेरिकाले सहयोगमा दिएको सैन्य उपकरण ध्वस्त पारिदिन थालेको छ ।
कुरक्स क्षेत्रमा थप भूभाग कब्जा गरेको छ रुसले । ब्यालेस्टिक मिसाइल हानेर युक्रेनको हिमारस प्रणाली ध्वस्त पारिदिएको छ । अमेरिकी व्यवसायिक स्याटलाइटमा युक्रेनले पहुँच गुमाइसकेको छ । अमेरिकाले सैन्य सहयोग रोकिदिएपछि यूरोपका बेलायत, फ्रान्स जस्ता देशले गरिरहेका छन् । तर, त्यो पर्याप्त छैन रुससँग लड्न । यसकारण युक्रेन थप क्षति भोग्दैछ ।
तीन वर्षसम्म रुससँग युद्धमा टिक्नुमा अमेरिकी सहयोग नै थियो भन्ने ट्रम्पले नै भनिसकेका छन् । जेलेन्स्कीले ओभाल हाउसमा त्यसलाई स्वीकार्य । तर, अब सहयोग बन्द भएपछि युक्रेन कति टिक्ने हो चासो बनेको छ । उसले थप कति भूभाग गुमाउने हो चासो बनेको छ ।