रुस र युरोपेली युनीयनबीच तनाव बढ्यो, भीषण युद्धको खतरा

एजेन्सी, २३ फागुन । रुस र युरोपेली युनीयनबीच सिधा युद्धको कालो बादल मडारिएको छ । युक्रेन युद्धमा युरोपेली युनीयनका अधिकांश देश र बेलायत समेत अप्रत्यक्ष रुपमा संलग्न छन् । अमेरिकाले भने युक्रेनलाई सैन्य सहयोग बन्द गरिसकेको छ ।
अमेरिका पछि हटेपछि युरोपेली युनीयनका देश, बेलायत र क्यानडाका सरकार प्रमुखहरुको बैठक बसी भविष्यको प्रतिरक्षा नाममा छलफल गरेका थिए । उनीहरुले युक्रेनलाई सहयोग बढाउने देखि स्थल सैनिक परिचालन सम्मको विषयमा केन्द्रित रहेर कुराकानी गरेका थिए । ब्रसेल्समा आकस्मिब बैठक बसी युरोपेली युनीयनका नेताहरुले ८ खर्ब डलरको योजना प्रस्ताव स्वीकृत गरेका छन् । यो विशेषगरी सैन्य क्षेत्रमा खर्च गर्ने उद्देश्यले ल्याइएको बताइएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले रुसले आफ्नो देश र युरोपेली युनीयनलाई समेत सुरक्षा बढाएको बताएका थिए । उनले रक्षा खर्च बढाउन जोड दिएका छन् ।
रुसले युरोपेली युनीयनका देशहरुमा सैन्य खर्च बढाउने योजनाको आलोचना गरेको छ । यसलाई युक्रेनमा थप टकराव बढाउने रणनीति भनेको छ ।
रुस र युरोपेली युनीयनबीच सिधा युद्ध भएमा खतरनाक अवस्था आउनसक्छ । रुस विश्वकै सबैभन्दा शक्तिशाली एटम बम भएको देश हो । युरोपेली युनीयनका बेलायत र फ्रान्ससँग पनि एटम बम छन् । आणविक हतियार भएका शक्तिबीचको युद्धले खतरनाक अवस्था ल्याउनसक्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध फैलन नदिने कडा नीति बढाइरहेका छन् । उनी सँसारलाई तेस्रो विश्वयुद्धबाट बचाउन सबै उपाय लगाइरहेका छन् ।