२५ फाल्गुन २०८१, आइतबार | March 9, 2025

ठाकुरराम क्याम्पसमा प्राज्ञिकका अरुण प्रसाद कुशवाहद्वारा स्ववियू सचिवको उम्मेदवार घोषणा


2.2k
Shares

वीरगञ्ज, २३ फागुन । ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियू सचिवमा प्राज्ञिक विद्यार्थी परिषद्का अरुण प्रसाद कुशवाहाले उम्मेदवारी घोषणा गरेका छन् । उनले शुक्रबार शिक्षाक्षेत्रमा दलीय हस्तक्षेप अन्त्य, विद्यार्थीको हक अधिकारलगायत मुद्दा सार्दै उम्मेदवारी घोषणा गरेका हुने ।

ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीमाझ लोकप्रीय कुशवाहाले आफ्नो उम्मेदवारी शिक्षाक्षेत्रको राजनीतिक भागवन्डाको अन्त्य, विद्यार्थी शक्तिलाई राष्ट्रिय शक्तिको रुपमा विकास गर्न, विद्यार्थी शक्तिलाई रचनात्मक बनाउँदै शान्तिपूर्ण शैक्षिक परिसरको परिकल्पना र क्याम्पसमा भएका बेथिती र विकृतिलाई अन्त्य गर्नका लागि भएको बताए ।

ठाकुरराम क्याम्पसमा ५ चैत्रमा स्ववियू निर्वाचन हुँदैछ ।

प्रतिक्रिया