करोडसम्म खर्चेर अमेरिका छिरे, हत्कडी र चेनमा बाँधिएर फर्किए
काठमाडौं,२२ फागुन । सुस्मा घर्ती, लक्ष्मण कँडेल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोप घर्ती, कमल ओली र दीपक खड्का अवैध बाटो हुँदै विभिन्न मितिमा अमेरिका पुगेका थिए । १२ वटा मुलुक पार गरेर अमेरिका पुग्दासम्म उनीहरूले बेहोरेको सास्ती उनीहरूलाई मात्रै थाहा छ ।
करोडसम्म खर्चेर अमेरिका छिरे, हत्कडी र चेनमा बाँधिएर फर्किए
‘अमेरिकी भूमिमा टेक्नै पाए मात्रै हुने’ एक मात्र उद्देश्यसहित ५० लाखदेखि करोड रुपैयाँसम्म ‘दलाल’लाई बुझाएका दाङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा र डोटीका २० देखि ३५ वर्ष उमेर समूहका यी युवाले अमेरिका जाँदा, अमेरिका पुगेपछि र अमेरिकाबाट नेपाली भूमिमा टेक्दासम्म दुःख र पीडाबाहेक केही पाएनन् । यति मात्र होइन, उनीहरूले आफ्नै जन्मभूमि फर्किंदा पनि हातमा हत्कडी र खुट्टामा चेनको पीडा बेहोर्नुप¥यो ।
हो, अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका नौ जना नेपाली बिहीबार काठमाडौं आइपुगेका छन् । ५ देखि १० महिनाअघि मात्रै अमेरिका पुगेका उनीहरूमध्येका आठ जनालाई अमेरिकन प्रहरीले चार्टर उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको थियो । उनीहरूलाई ग्रिफान एयरको चार्टर विमानमार्फत ल्याइएको थियो ।
उनीहरूलाई हिरासतमा रहेका बेला आफैं स्वदेश फर्किने कि कानुनअनुसार प्रतिवाद गर्ने भनेर सोधिएको थियो । जतिले कानुनअनुसार प्रतिवाद गर्ने भने उनीहरूलाई हत्कडी र चेनले बाँधेर पठाएको पाइएको छ ।
डिपोर्ट भएकी एक जना महिलाचाहिँ व्यावसायिक उडानमार्फत काठमाडौं आइपुगे�
