२२ फाल्गुन २०८१, बिहिबार | March 6, 2025

१४ किलो सुन तस्करी गर्दा रङ्गेहात पक्राउ परिन् भारतकी चलचित्र नायिका रान्या


4.6k
Shares

एजेन्सी, २१ फागुन । भारतकी चलचित्र नायिका रान्या राओ १४ किलो सुन तस्करी गर्दा पक्राउ परेकी छिन् । उनलाई बैंगलुरको केम्पेगोडा अन्तर्राष्ट्रिय एयरपोर्टबाट पक्राउ गरिएको हो ।

रान्याले सुनको पेटी बनाएर लगाएकी थिइन् । भारतको कर सम्बन्धी विभागले उनलाई रङ्गेहात पक्राउ गर्यो ।

रान्याका पिता रामचन्द्र राओ प्रहरीको डिजीपी छन् । यो घटनाले राओ पनि अप्ठ्यारोमा परेका छन् ।

३२ वर्षीया रान्या कन्नड र तालिम फिल्मा अभिनय गर्छिन् । उनलाई मंगलबार १४ दिनको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया