दिपसन गुरुङद्वारा प्राज्ञिक विद्यार्थी परिषदबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा

पोखरा, २१ फागुन । दिपसन गुरुङले प्राज्ञिक विद्यार्थी परिषदबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनले दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलनको मुद्दासहित उम्मेदवारी घोषणा गरेका हुन् ।
लामो समय विद्यार्थी राजनीतिमा सक्रिय गुरुङ गण्डकी प्रदेशको महत्वपूर्ण क्याम्पस पृथ्वीनारायण क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको परिचय बनाउन सफल छन् । वृद्धि विकास र हकहितको लागि उदाहरणीय कार्य गर्दै आएका उनी लोकप्रीय छन् ।
दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको नेतृत्व, विकास, व्यक्तित्ब विकास, शैक्षिक सुधार, क्याम्पस विश्वविद्यालय दलीय भागबन्डाको अन्त्य, समयमा प्रवेश परीक्षा पात्रो र परिणामका लागि संर्घष गर्दै आए उनी ।
गण्डकी प्रदेशका विभिन्न क्याम्पस विश्वविद्यालयहरूका विद्यार्थीहरूको नेतृत्व विकासका, शैक्षिक सुधार , शिक्षामा दलीय हस्तक्षेप अन्त्यका लागि पनि उतिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।