२१ फाल्गुन २०८१, बुधबार | March 6, 2025

विबश कटवालद्वारा प्राज्ञिक विद्यार्थी परिषदबाट महेन्द्र मोरङ बहुमुखी क्याम्पसको सभापति उम्मेदवार घोषणा


2.2k
Shares

विराटनगर, २१ फागुन । प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव विबस कटवालले महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनले दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलनको मुद्दासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समय विद्यार्थी राजनीतिमा सक्रिय कटवाल पूर्वी नेपालको सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको परिचय बनाउन सफल छन् । वृद्धि विकास र हकहितको लागि उदाहरणीय कार्य गर्दै आएका उनी लोकप्रीय छन् ।

विगत ७ वर्षदेखि दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको नेतृत्व, विकास, व्यक्तित्ब विकास, शैक्षिक सुधार, क्याम्पस विश्वविद्यालय दलीय भागबन्डाको अन्त्य, समयमा प्रवेश परीक्षा पात्रो र परिणामका लागि संर्घष गर्दै आएका हुन् कटवाल । कटवालले महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा विद्यार्थीको हकहितका लागि काम गर्दै आएको र समग्र देशमा विद्यार्थी हित, शिक्षामा विकृति विसंगति अन्त्यका लागि आफ्नो उम्मेदवारी दिएको बबताए ।

महेन्द्र मोरङ्ग क्याम्पसमा मात्र नभएर कोशी प्रदेश अन्य क्याम्पस विश्वविद्यालयहरूका विद्यार्थीहरूको नेतृत्व विकासका, शैक्षिक सुधार , शिक्षामा दलीय हस्तक्षेप अन्त्यका लागि पनि उतिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया