२० फाल्गुन २०८१, मंगलबार | March 5, 2025

स्वतन्त्र विद्यार्थी समूहबाट त्रिवि स्ववियू सभापतिमा दिनेश कार्कीद्वारा उम्मेदवारी घोषणा


2.1k
Shares

काठमाडौं, २० फागुन । त्रिभुवन विश्वविद्यालयका स्ववियू सहसचिव दिनेश कार्कीले स्वतन्त्र विद्यार्थी समूहबाट सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनले मंगलबार दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलनलगायत मुद्दा सार्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्की गत स्ववियू चुनावमा स्वतन्त्र समूहबाट सहसचिव निर्वाचित भएर चर्चामा आएका थिए । उनी स्ववियू सभापतिको उम्मेदवारी घोषणाले फेरि चर्चामा छन् ।

कार्कीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको वृद्धि विकास र हकहितको लागि लड्दै आए । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकाय र इतिहास विषयमा डबल डिग्री गर्दै आइरहेका दिनेश कार्की विगत १० वर्षदेखि दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको नेतृत्व, विकास, व्यक्तित्ब विकास, शैक्षिक सुधार, क्याम्पस विश्वविद्यालय दलीय भागबन्डाको अन्त्य, समयमा प्रवेश परीक्षा पात्रो र परिणामका लागि संर्घष गर्दै आए।

कार्कीले नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको राष्ट्रिय सचिवसम्मको जिम्मेवारी पूरा गरिसकेका छन् ।

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने उनी आफ्नो पूर्ण समय विद्यार्थीहरूको हक हितका लागि, व्यक्तित्व विकास, नेतृत्व विकास, विभिन्न किसिमका शैक्षिक सुधार अभियानमा, क्याम्पस विश्वविद्यालयको विकृति विसंगतिको विरूद्दमा लड्दै आए ।

केन्द्रीय क्याम्पसमा मात्र नभएर देशका अन्य क्याम्पस विश्वविद्यालयहरूमा विद्यार्थीहरूको विकासका लागि पनि उतिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया